बैशाख १६ देखि कैलालीमा निशेधाज्ञा जारी

असल शासन प्रतिनिधि

कैलाली / सुदुरपश्चिमको कैलालीमा बैशाख १६ गते देखि निशेधाज्ञा जारी भएको छ ।
कैलाली जिल्ला भारतको गौरीफन्टा नाकासँग जोडिएको हुनाले कोभिड १९ को सक्रमण उच्च रहेको भन्दै सक्रमण रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार निशेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
जारी सुचना अनुसार बैशाख १६ गते बिहान ६ बजे देखि बैशाख २२ गते राति १२ः०० बजे सम्म कैलाली जिल्लाभर लागु हुने गरी निशेधाज्ञा जारी गरिएको उल्लेख छ । अकडाउन अवधिमा अत्यावश्यक वाहेकका अन्य सम्पूर्ण सार्वजनिक सेवा बन्द रहने जनाएको छ । अत्यावश्यक बस्तुका पसलहरु विहान ५ बजे देखि १० बजे सम्म मात्र खुल्ला गर्न पाउने भएका छन् । अत्यावश्यक सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजि सवारी साधनहरुमा रोक लगाईएको छ । विकास निर्माण तथा विरामी आवत जावतका लागि प्रयोग हुने सवारी साधनले प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । प्रशासनद्धारा जारीभएको सुचनाको उलंघन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश 

 

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech