स्याउ जोन डोल्पाका प्रमुख घुस सहित पक्राउ

असल शासन प्रतिनिधि

डोल्पा / स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार घुस रकम सहित पक्राउ परेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत स्याउ जोन डोल्पाका कार्यालय प्रमुखको रुपमा कार्यरत खाँ लाई घुस रकम सहित बैशाख १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । जानकारी अनुसार प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान भुक्तानीका लागि किसानहरुसँग घुस मागेका थिए । उनलाई हुम्लास्थित प्रमुख कै कार्यकक्षबाट उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आरोगको कार्यालय सुर्खेतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech