भेरी अस्पताललाई ५ लाख वरावरको सामाग्री हस्तान्तरण

एक हजार अस्पताल अभियान अन्तरगत विभिन्न व्यक्तिहरुबाट संकलित ५ लाख ७ हजार ३ सय रकमबाट अस्पताललाई आवश्यक पर्ने ७०० थान पिपिई र २० ओटा अक्सोमिटर हस्तान्तरण गरेका छन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / एक हजार अस्पताल अभियान अन्तरगत संकलित रकमबाट आज भेरी अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
अभियान अन्तरगत विभिन्न व्यक्तिहरुबाट संकलित ५ लाख ७ हजार ३ सय रकमबाट अस्पताललाई आवश्यक पर्ने ७०० थान पिपिई र २० ओटा अक्सोमिटर हस्तान्तरण गरेका छन् । अभियान संयोजन गरिरहेका युवा अभियन्ता हेमन्तराज काफ्लेले उक्त सामाग्री भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताललाई आज हस्तान्तरण गरेका छन् ।


बाँके जिल्लामा कोभिडको सक्रमण तिब्र रुपमा बढीरहेको र भेरी अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव भईरहको अवस्थामा अभियन्ता काफ्ले एक हजार अस्पताल अभियान सञ्चालन गरेका थिए । चार दिन सम्म संकलन गरेको रकमबाट सामाग्री खरिद गरी उनले सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा अभियन्ता काफ्ले, गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ लगायतको उपस्थितीमा गरिएको थियो ।
संकटका समयमा व्यक्तिगत रुपमा गरेको सहयोग पूर्ण पारदर्शि गर्ने भन्दै अभियन्ता काफ्लेले संकलित रकमको जानकारी स्थानीय दैनिक पत्रिका नेपालगन्ज दैनिकमा सहयोगीको नामावली सहित सहयोग रकमको विवरण प्रकाशन गरेका थिए ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech