कुरुम्बाङ्ग अब अख्तियारमा

बाँकेबासी हर्षित

असल शासन प्रतिनिधि

बाँके/प्रशासनिक सुधारमा चर्चा कमाएका राम वहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जमा सरुवा भएको छ ।

बाँकेमा प्रंशसनिय काम गरेर चर्चा कर्माएका बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको केही दिन अघि ईलाका प्रशासन कार्यालय टिकापुर, कैलालीमा सरुवा भएको थियो । उनको अपमानजनक सरुवा भएपछि बाँकेवासी रुष्ट भएका थिए, अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जको प्रमुखको जिम्मेवारीमा उनी नेपालगञ्जमा आउन थालेपछि बाँकेबासी पुनः हर्षित भएका छन् ।

ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्वाङ्ले आज साँझ सामाजिक सञ्जालमा आफ्नो अख्तियारमा सरुवा भएको बताएका छन् । उनले केही दिनमैं अख्तियारको जिम्मेवारी सम्हाल्नेछन् ।

बिभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदा असल, समन्वयकारी, बिकास प्रेमी, सदाचारी प्रजिअको परिचय बनाएका कुरुम्वाङ्ले बाँकेवासीको अपार मन जितेका थिए ।

१२ बर्ष गृह मन्त्रालय अन्तर्गत ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा, बाँकेको प्रजिअ र रुपन्देहीमा सहायक प्रजिअको रुपमा काम गरेका उनले बिभिन्न जिल्लामा आफ्नो गहिरो छाप छोड्न सफल भएका छन् ।

डेढ बर्ष अघि बर्दियाबाट स्याङ्जा जिल्ला प्रशासन सरुवा भएका उनलाई कोरोना कहर बढिरहँदा समेत चुस्त व्यवस्थापन हुन नसके पछि गृहले सहसचिवको दरबन्दि रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सहसचिव कुमार बहादुर खड्कालाई गृह फिर्ता बोलाई उपसचिव स्तरका कुरुम्वाङ्लाई बाँके पठाएको थियो ।

२०७७ जेष्ठ २० गते बाँकेमा हाजिर भएका उनले अनवरत रुपमा कोरोना नियन्त्रणका लागि फिल्डमैं खटेर काम गरेका थिए । कार्यालयमा हाजिर भएकै दिन कोरोना नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञ थप गरेर कुरुम्वाङ्ले काम शुरु गरेका थिए । हाजिर भएकै पछिल्लो दिन कोरोनाको ईपि सेन्टरको रुपमा रहेको नरैनापुर पुगि व्यवस्थापनका लागि समन्वय गरेका थिए । तत्पश्चात उनले बाँकेका सबै पालिकामा रहेका क्वारेन्टाईन, आईसोलेसनहरुमा पुगि सुधारका लागि पहल गरेका थिए ।

निषेधाज्ञ पालनाका लागि आफै सडकमा गएर आम नागरिकलाई सम्झाउने देखि, सचेतनाका लागि प्ले कार्ड बोकेर सडक र्याली गर्ने, सरोकारवालाहरुसँग समन्वय गर्ने कार्यमा उनले देखाएको सक्रियता र निरन्तरता सबैका लागि प्रेरणा बनेको थियो ।

हरेक दिन छिन, छिनमा सामाजिक सञ्जालमा बाँकेको कोरोना अपडेट सार्वजनिक गर्ने, सरोकारवालाहरुलाई एसएमएसका माध्यमबाट सूचना दिने तत्कालिन प्रजिअ कुरुम्वाङ् पिसिआर परीक्षण देखि बिरामीहरुको क्वारेन्टाईन, आईसोलेसनमा व्यवस्थापन र दिवंगत भएकाहरु शव व्यवस्थापनमा समेत आफै खटिन्थे, बाँकेमा कोरोनाका कारण निधन भएका सबै जसोलाई अन्तिम श्रद्धाञ्जली दिन उनी आफै पुग्ने गरेका थिए ।
पछिल्लो समय प्लाज्मा बिधिबाट भईरहेको उपचारका क्रममा रगत खोज्ने र भेरी अस्पताल भित्र बनेको कोभिड बिशेष बेडहरुको व्यवस्थापनमा समेत उनको निकै सक्रियता रहेको थियो ।

कोरोना कहरको नियन्त्रण र उचित व्यवस्थापनका लागि अहोरात्र खटिएका प्रजिअ कुरुम्वाङ्ले बाँके जिल्लामा बर्षाैं देखि चलिरहेका अवैध क्रसर उद्योगहरु बन्द गर्ने हिम्मतिलो निर्णय लिएका थिए । सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने गिरोहलाई समेत नछाडेका उनले असहज परिस्थितीमा रहेका सुत्केरीहरुको उद्धार गर्ने काम समेत गरेका थिए ।

असाध्यै सामान्य, लो प्रोफाईलमा जनताको सेबकको रुपमा काम गर्ने भएकै कारण उनी चर्चित र लोकप्रिय छन् ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech