भव्य भेला गर्दै बास

असल शासन प्रतिनिधि

नेपालगन्ज /भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले बैशाख २० गते भव्य भेला गर्ने भएको छ ।

देश भरी नै कोरोना सक्रमण बढीरहेको अवस्थामा बास केन्द्रीय कार्यालयले देशभरीका प्रतिनिधिहरुको सहभागितामा जुमको माध्यमबाट उक्त भेला गर्ने भएको हो ।

देशैभरका शाखा, उपशाखा, ईकाईका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न हुने सो भेलामा सहभागिताका लागि बैशाख १९ गते बेलुकी ५ः०० बजे सम्म नाम दर्ता गराईसक्नुपर्ने बासले जनाएको छ ।

कोरोना संक्रमणका कारण देशका अधिकांश जिल्लाहरु लकडाउनमा रहेको अवस्थामा हुन लागेको भेलामा संस्थागत बिकास लगायत समसामयिक बिषयमा छलफल हुने बताईएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech