वडा अध्यक्ष वर्मा कोरोना सकारात्मक

असल शासन प्रतिनिधि

नेपालगन्ज /नेपालगन्ज उप—महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विद्याराम वर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण नियन्त्ररण तथा रोकथाममा निरन्तर खट्दै आएका वडा अध्यक्ष वर्मालाई बुधबार संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष वर्मा सहित उनकी श्रीमती ज्ञानमती वर्मा र कान्छो छोरा अनुज वर्मालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । वडा अध्यक्ष वर्माको स्वास्थ्य अवस्था सामान्य भएर घरमा होम आइसोलेसनमा बसेका छन् भने क्षीमती र छोरा भेरी अस्पताल नेपालगन्जमा उपचारार्थ रहेको वडा अध्यक्ष वर्माका जेठा छोरा आशिष वर्माले बताए ।

वडा अध्यक्ष बर्मा भारतबाट आएका नागरिकहरुको व्यवस्थापनमा खटिदै आएका थिए । वडा अध्यक्षलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech