नरैनापुरमा आगलागि ६ घर जलेर नष्ट

दमकल र स्थानीय मिलेर आगलागि नियन्त्रण गरियो

असल शासन प्रतिनिधि

नेपालगन्ज / नरैनापुर गाँउपालिका वडा नम्बर १ कटकुईयामा भिषण आगलागि भएको छ ।
अचानक एउटा घरबाट लागेको आगोले ६ ओटा घर जलेर नष्ट भएका छन् । एक पछि अर्को घरमा भिषण आगो दन्किन थालेपछि तत्काल दमकललाई बोलाईएको थियो । दमकल र स्थानीय बासिहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागिबाट ६ घर र घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । कसरी आगलागी भयो र कति क्षति भयो भन्ने बारे वितृत विरण आउन बाकि रहेको छ ।

फोटो : मकबुल अहमद मुकेरी

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech