कोभिड महामारिका बिच आज श्रमिक दिवस

असल शासन प्रतिनिधि

नेपालगन्ज / मजदुर आन्दोलनको सम्झनामा हरेक बर्ष मे १ मा मनाउने अन्तराष्ट्रिय श्रमिक दिवस यो बर्ष नाराका मात्रै सिमित हुने भएको छ ।
आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम नारासहित शुरु भएको श्रमिक दिवस बर्षेनि विभिन्न कार्यक्रम गरि मनाउदै आएको भएपनि नेपाली मजदुरहरुले भने खासै प्रभाव परेको देखिदैन । औपचारिक रुपमा एक दिन कार्यक्रमहरु गरि श्रमिक मजदुरका बिषयमा बहस तथा छलफलहरु हुने भएपनि यो बर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण कुनै पनि औपचारीक कार्यक्रम नहुने देखिएको छ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस कोभिडको बढ्दो जोखिमका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै प्रभावित हुने देखिएको छ । श्रमिक दिवसका अवसरमा ट्रेड युनियनले समेत कुनै औपचारीक कार्यक्रम नगरी भर्चुअल बैठकहरु गर्ने जनाएका छन् ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेसँगै सन् १८९० देखि हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउन शुरु गरिएको थियो । नेपालमा भने विसं २००७ मा विराटनगरमा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन पाईन्छ ।
कोभिडका कारण बाँके जिल्ला लगायतका देशका अधिकांस जिल्लाहरुमा लकडाउन छ । लकडाउनको प्रत्यक्ष प्रभावमा मजदुरहरु परेका छन् त्यसैलै काम र रोजगार विना दैनिक छाक टार्न मुस्किल अवस्थामा रहेका मजदुरहरुका लागि सम्बन्धित निकायले पहल थालोस अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech