झुण्डिएर सक्रमितद्धारा आत्महत्या

असल शासन प्रतिनिधि

झुण्डिएर सक्रमितद्धारा आत्महत्या

रुपन्देही / दुई दिन अगाडी कोरोना सक्रमित भई अस्पताल भर्ना भएका रुपन्देहीका एक कोरोना सक्रमित पुरुषले आत्महत्या गरेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ वनकट्टामा सञ्चालीत कोरोना अस्थायी अस्पतालमा सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले आज आत्महत्या गरेका हुन् । बैशाख १६ गते कोरोना पोजेटिभ भएर नगरपालिकाद्धारा सञ्चालन गरेको अस्पतालमा भर्ना भएका उनले आज बिहान ४ बजे शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहे पनि मानसिक समस्या रहेका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech