लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धारा राजीनामा

असल शासन प्रतिनिधि

बुटवल / लुम्बिनी प्रदेशको बिशेष अधिवेशन बस्नु अगाडी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आज नै राजीनामा पेश गरेका थिए। विपक्षी दलको निवेदनको आधारमा आज प्रदेशमा बिशेष अधिबेशन बस्ने कार्यतालिम पूर्व मुख्यमन्त्रीले दिएको राजीनामाले प्रदेशमा नयाँ सरकार गठन हुने पक्का पक्की भएको छ । प्रदेश सरकार बिरुद्ध नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
मुख्यमन्त्री पोखरेल दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा विजयी भई २०७४ फागुनमा प्रदेश मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भइसकेको जानकारी प्राप्त भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech