लुम्बिनी प्रदेशमा नयाँ सरकारको नेतृत्व पोखरेलले गर्दै

बहुमतको एकल सरकार बनाउने र आजै सपथ ग्रहण गर्ने दावी

असल शासन प्रतिनिधि

बुटवल / नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।
नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको आईतबार बिहान बसेको बैठकले संसदीय दलका नेता पोखरेलको नेतृत्वमा पुनः नयाँ सरकार बनाउने निर्णय गरेको हो। नेकपा एमालेका एक नेताले दिएको जानकारी अनुसार शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी आज नै सपथ ग्रहणको तयारी भईरहेको बताए । लुम्बिनी प्रदेश प्रमुखले आजनै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने श्रोतको दावी छ ।
केही दिन अगाडी मात्रै माओवादीका दुई र जसपाका चार सांसद एमाले प्रवेश गरेपछि पदमुक्त भएसँगै लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । एमालेसँग मात्रै ४१ सांसद रहेकाले बहुमतको एकल सरकार बनाउन यो सख्या पुग्ने एमालेको दाबि छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech