डिस्चार्ज हुने क्रम बढ्दो

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोरोना भाइरस संक्रमण भई निको भएर डिस्चार्ज हुनुेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

आईतबार जिल्लाका संस्थागत तथा होम आइसोलेसनबाट ३०५ जना डिस्चार्ज भएका छन् ।

आईतवार मात्रै १४ महिने बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरि ३०५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

हिजो शनिबार २५० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । नेपालगञ्ज उपमहानगरपालिकामा कोभिड भएका मध्ये एक हजार ४९१ महिला र दुई हजार १३० जना पुरुष गरि तीन हजार ६२१ जना डिस्चार्ज भएका छन् ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech