तेश्रो आईसोलेसन केन्द्र बन्दै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र निर्माण गर्ने भएको छ ।

हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन सञ्चालन गरिरहेको उपमहानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र वालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कोभिड १९ महामारीको राकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आईसोलेसन बनाउनका लागि त्यसको मर्मतसम्भार र रंगरोगनका लागि आवश्यक प्राविधिक स्टिमेट तयार गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयलगत्तै उपमहानगरप्रमुख राणाको नेतृत्वको जनप्रतिनिधी र प्राविधिकसहितको टोलीले मर्मतसम्भार र रंगरोगनको प्रारम्भिक स्टिमेट तयार पारेको छ । टोलीले बाल मन्दिरको अवलोकन गरेको छ ।

उपमहानगर प्रमुख राणाले छिटो भन्दा छिटो आईसोलेसन बनाउन निर्माण कार्य तत्कालै सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । महामारी नियन्त्रणका लागि थप आईसोलेसन आवश्यक छ, नगर प्रमुख राणाले भने– आजैदेखि निर्माणको कार्य सुरु गर्नेगरि खटिनुहोस् । उप–महानगरपालिकाले भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरी आईसोलेसन केन्द्र निर्माण गर्न लागेका कारण गुणस्तरीय सेवा सुविधा पाउने उनले बताए ।

अवलोकनमा उप–प्रमुख उमा थापा मगर, कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गठित अनूगमन समितिका सदस्य नगर प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा लगायतको सहभागिता रहेको थियो ।

 

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech