बाँकेमा निशेधाज्ञा एकसाता लम्बियो

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सुचना जारी गर्दै बैशाखा २० गते राति १२ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको जनाएको छ । विश्वव्यापी महामारिको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सक्रमण बढी रहेको र यसको साङलो तोड्न निशेधाज्ञा थप गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालबाट जारी आदेशमा भनीएको छ ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी वाहेक अनुमति प्राप्त सवारीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech