गजल

राजु लामिछाने

थाहा छैन, कुन दिन या कुन रात अन्तिम हुने हो
तिमिसंगको कुन भेट, कुन बात अन्तिम हुने हो !

बाच्नलाई नाक मुख छोपेर स्वास फेर्दाफेर्दै पनि
कुनबेला भाईरस छिरेर हुने घात अन्तिम हुने हो !

हड्डी घोटेर पेट भर्नेहरु भोकै थुनिए झुपडीमा
भन्छन्, साहुको एकछाक भात अन्तिम हुने हो !

लाग्छ, अचेल मर्नेहरुको सिजन चलिरहेको छ
सोच्छु, कहिलेबाट यो बज्रपात अन्तिम हुने हो !

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech