बासको भब्य भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास केन्द्रीय कार्यालय नेपालगञ्जले आज भब्य भेला सम्पन्न गरेको छ ।
जुमका माध्यमबाट भएको भब्य भेलामा देशभरका बासका शाखा, उपशाखा, ईकाईका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा बासको अभियान, कोभिड जोखिमका समयमा बासले गरिरहेका क्रियाकलाप र आगामी योजनाका बिषयमा छलफल भएको थियो । बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको भेलामा बासले गरिरहेका असल अभ्यासहरुका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रस्तुतीकरण गरेका थिए ।


भेलाको पहिलो चरणमा बास बाँके शाखाका अध्ययक्ष रबिन्द्र बोहरा र बास रुपन्देही शाखाकी कार्यकारी निर्देशक विजया खत्रीले शाखाले गरिरहेका क्रियाकलाप तथा अभियानको बारेमा अनुभव आदान प्रदान गरेका थिए । भेलामा बासले कोभिडको समयमा गरिरहका कामको बारेमा बासका निर्वतमान अध्यक्ष मन भण्डारीले जानकारी गराएका थिए । यसैगरी बासका उत्कृष्ट स्वयम् सेवक सुरज कुमार गुप्ताले स्वयम् सेवक भई काम गर्दाका अनुभव सुनाएका थिए भने कोभिडको दोश्रो चरणमा बासले नेपालगन्जको जमुनाहा नाकामा गरेको स्वयमसेवाको अनुभव स्वयम् सेवक ज्ञानेन्द्र चलाउनेले सुनाएका थिए । खुल्ला छलफलमा बासका विभिन्न अभियानका बारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
भेलाको दोश्रो चरणमा मनोरन्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए । जसमा मुना बिष्ट, तपेन्द्र बहादुर मलाती, टिना केसी, दिला शाह लगायतले समसामयिक बिषयमा गित, गजल तथा मुक्तकहरु प्रस्तुत गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको भेलाको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech