नेपालगन्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मी खटायो

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारि बनाउन नेपालगञ्ज उप–महानगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरु भर्ना गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको बताए ।
नेपालगञ्जले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको छ । यसैगरी जमुनाह स्थित हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ भने भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उपमहानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको हो । नेपालगञ्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आईसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।

 

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech