चौबिस लाख बढिको स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

बाँके/कोभिड व्यवस्थापन तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र गेरुवा ग्रामीण जागरण संघ बर्दियाले सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

२४ लाख बढि मुल्यको स्वास्थ्य सामाग्री बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी र गेरुवा ग्रामिण जागरण सँघ बर्दियाका अध्यक्ष कृष्णजंग शाहले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई हस्तान्तरण गरेका थिए । सामाग्री ग्रहण गरिसकेपछि बोल्दै प्रजिअ गेलालले सबैको सहयोगबाट मात्रै महामारी नियन्त्रण हुनसक्ने बताए ।

संस्थाहरुले प्रदान गरिएमा सामाग्रीहरुमा ६५० थान पिपिई, ५०० एम एलको २०० थान र ५० ग्यालेन स्यानिटाईजर, एन ९५ मास्क १००० थान, ३०० बक्स सर्जिकल मास्क, १५ थान आई आर थर्मामिटर, १५०० थान फेस शिल्ड, १५०० प्याकेट ग्लोब्स लगायत रहेका छन् ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, प्लान इन्टरनेशनलका जनक गिरी लगायतले बोलेका थिए ।

२४ लाख १८ हजार ७ सय पन्ध्र रुपैया बराबरको उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा गेरुवाका कार्यकारी निर्देशक हरि सुबेदी, भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापा, बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना लगायतको उपस्थिति रहेको          थियो । उक्त सामाग्री भेरी अस्पताल नेपालगञ्ज र होल्डिङ्ग सेन्टरका लागि उपलब्ध गराइएको गेरुवा ग्रामिण जागरण सँघ बर्दियाका अध्यक्ष कृष्णजँग शाहले बताए ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech