स्वास्थ्य सामाग्री हस्तान्तरण

असल शासन प्रतिनिधि

बाँके/ग्रामिण स्वास्थ्य शिक्षा सेवा गुठी (रेष्ठ नेपाल) ले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोछ ।

कोभिड व्यवस्थापन तथा नियन्त्रणका लागि सोमवार स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको आग्रहमा गैसस महासंघ नेपाल बांकेले सम्पूर्ण गैससहरुलाई आह्वान गरि सहयोग जुटाउने क्रममा रेष्ठले सात सय पचास वटा सर्जिकल मास्क र १४ थान स्यानिटाईजर सहयोग प्रदान गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाइ रेष्ठका जिल्ला संयोजक गणेश प्रसाद भट्टराई र गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी  बासकी साधारण सदस्य यमुना रोकायले आफ्नो जन्मदिनको अवसरमा उपलब्ध गराएका ५ सय वटा सर्जिकल मास्क पनि हस्तान्तरण गरिएको छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech