आईपीएल अनिश्चितकालका लागि स्थगित

असल शासन प्रतिनिधि

खेलडेस्क / भारतमा जारी विश्व कै लोकप्रिय र चर्चीत इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ ।

कोरोना भाईरसको सक्रमण तिब्र रुपमा बढीरहेको र आईपीएल खेलीरहेका केही खेलाडिहरुको रिपोट कोरोना पोजेटिभ आएपछि लिग अनिश्चित कालका लागि स्थगित भएको हो । बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले १४ औं संस्करण स्थगित गर्ने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । आईपीएलमा सहभागी खेलाडी, कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
आईपीएलको ३०औं खेलको रुपमा बैशाख २० गते कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर ब्यांलोर बिच साझँ हुने भनीएको खेलको केही समय अगाडी कोलकाताका दुई खेलाडीको रिपोट पोजेटिभ आएपछि उक्त गेम तत्कालका लागि स्थगित गरेको थियो । तर सनराइजर्स हैदरावादका ऋद्दिमन शाह, कोलकता नाइट राइडर्सका बरुण चक्रवर्ती र सन्दिप वारियर र चेन्नईका बलिङ प्रशिक्षकलाई संक्रमण देखिएपछि आईपीएल अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय भएको छ । आईपीएल स्थगित भएसँगै बीसीसीआईले सबै खेलाडी घर पर्किने बताएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech