कोभिड बिरुद्ध नेपालगञ्जमा पूजा र प्रार्थना गरिने

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड १९ बिरुद्ध बुधवार सवै धर्मका धर्मगुरुहरुले आ–आफ्ना धार्मिक स्थलहरुमा एकसाथ विशेष पूजा अर्चना तथा प्रार्थना गर्ने भएका छन् ।

धर्मगुरुहरुको अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चको आह्वानमा एकै साथ पूजा र प्रार्थना गर्न लागिएको मंचका अध्यक्ष बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।

बुधवार वेलुकी ४ः३० बजे देखि ५ वजेसम्म सवै धर्मका धर्मगुरुहरुले विशेष पूजा र प्रार्थना गर्ने उनको भनाई रहेको छ । अध्यक्ष योगीका अनुसार, मन्दिर, मस्जिद, गुम्वा, गुरुद्वारा र चर्चमा एकै समय एकैसाथ प्रार्थना र कामना गरिनेछ ।

कोभिड महामारी चाँडै हटोस्, थप क्षति नहोस् भनि पुजा र प्रार्थना गरि सकेपछि सवै धर्मका धर्मगुरुहरु बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको पार्कमा आमन्त्रण गरिएको अध्यक्ष योगीले जानकारी दिए । सबै धर्मगुरुका तर्फबाट एकैसाथ सम्पूर्ण सर्वसाधारणहरुको रक्षाका लागि एकै साथ कामना सहित प्रार्थना गर्न लागिएको उनको भनाई रहेको छ ।

उनका अनुसार, कोरोना महामारीले नेपालगन्ज क्षेत्र वढी प्रभावित छ, सिंगो देश कोरोनावाट प्रभावित छ । महामारी चाँडै हटोस् भन्ने कामना सहित यस्तो वेलामा कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, उनीहरुका आफन्तजन, उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सहित महामारी नियन्त्रणमा खटिएका सुरक्षाकर्मी लगायत सवैको मनोवल वढाउन र दिवंगतहरुको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै पूजा र प्रार्थना गरिने भएको छ ।

मंचका सदस्य मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले संकटको वेला सवै धर्मगुरुहरुले सर्वसाधारणको मनोवल वढाउन विशेष प्रार्थना र पूजा गर्न लागेको बताए ।

विहिवार दीप प्रज्वलन :-

यसैगरी विहिवार वेलुका नेपालगन्जवासीले दीप प्रज्वलन गर्ने भएका छन् ।

कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरु सहित सवै आम नेपालीको मनोवल वढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको हो ।

यसका लागि आ–आफ्नो घरको मुलगेट, वरण्डा या घर परिसरमा दियो, मैनवत्ती या वल्व बालेर कोरोना विरुद्धको लडाईंमा सिंगो बाँके र सवै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रबाह गर्न सबै नेपालगन्जबासिलाई सो अभियानमा जोडिन अपिल गरिएको छ ।

तस्विर : फाईल फोटो

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech