मेयर, उपमेयर अनुगगमनमा

असल शासन प्रतिनिधि

नेपालगञ्ज- बैशाख २२/ नेपालगञ्ज उप–महानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र उप–प्रमुख उमा थापा मगरले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भईरहेका कामहरुको अनुगमन गरेका छन् । उनीहरुले विभिन्न स्थानमा पुगेर भईरहेको कामको स्थलगत जानकारी लिई स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीहरुको मोवल बढाएका छन् ।

नगर प्रमुख डा. राणाले शिक्षण अस्पताल नेपालगञ्जमा पुगेर संक्रमितहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए । बुधबार उप–प्रमुख उमा थापा मगरले नेपालगञ्जस्थित जमूनाह नाकामा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिएकि थिईन् ।  थापा मगरले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीसँग आवश्यक छलफल गरी सीमा नाकामा आवागमन व्यवस्थित गराउन र स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागि आग्रह गरिन् । होल्डिङ्ग सेन्टरमा पुगेर पनि उपप्रमुख मगरले त्यहाँको अवस्था बारे जानकारी      लिईन् ।

उपमहानगरपालिकाले भारतिय सीमामा नेपाल प्रबेश गर्नेहरुलाई मास्क, सेनिटाईजर प्रदान गर्नुका साथै उनीहरुको ज्वरो जाँच समेत गर्ने गरिएकोछ । उपमहानगरपालिकाका अनुसार, सीमामै एन्टिजिन जाँच समेत हुने गरेको छ । उपमहानगरपालिकाले भारतबाट भित्रिनेहरुलाई सीमामा निःशुल्क पिउनेपानीको ब्यवस्था गरेको छ ।

कशौधन बैश्य समाजको सहयोग :-

कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई ३२ वटा बेड सहयोग गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वाल मन्दिरमा पनि आईसोलेसन केन्द्र सञ्चालनको तयारी भईरहेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले  आईसोलेसनका लागि आवश्यक वेड सहयोग गरेकोमा समाजका अध्यक्ष नन्दलाल वैश्यलाई धन्यवाद ज्ञापन गरे ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech