तपाईलाई कोरोना लागिहाल्यो नआत्तिनुस

इश्वर दाहाल

जसरी तपाईंले मास्क, सेनेटाइजर सामाजिक दुरी र स्वास्थ्य मापदण्डको उलङ्घन गरि तपाईलाई कोरोना भएमा त्यो तपाईंले आत्महत्या गरेको हो भने भेन्टिलेसन अक्सिजन र अस्पतालमा चिकित्सको अभाबमा तपाईको मृत्यु भएमा त्यो नागरिक प्रतिको हत्या हो । अब सोच्नुस कतै तपाईं यो संकटमा आफ्नो हत्या आफै त गर्दै हुनुहुन्न, यो विषम परिस्थितिमा आफु पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित पार्नको लागि दुई मिटर परबाटै मुखमा मास्कसहितको मुस्कान रहित नमस्कार गर्नुस आत्मियता र आफ्नोपनको दुरिरहित कोरोना संक्रमित तथा सामान्य नागरिकलाई महशुस गराउनुस् ।

यो कोरोना संक्रमण पोहोर तिहारमा मेरो आफ्नै दाइलाइ भयो जति फलानोलाइ लाग्यो रे उसलाई यसलाई भन्दा पनि आफ्नो परिवारको सदस्यलाई लाग्दा हुने पीडा र त्यो पनि चाडबाडको समयमा सबै परिवार जम्मा भएर खुसि साट्ने बेलामा भएको यस्तो डरलाग्दो संक्रमणको अनुभब म आफैले भोगेको छु । तिहार आफैमा उज्यालो र खुसिको चाड हो त्यसमा परिवारको अभिभावक दाजुलाइ कोरोना सक्रमण भएको र सक्रमण पछि समुदायले गर्ने व्यवहारले निकै आहत बनाएको थियो । हामिले दाइलाइ पालिकाले ब्यबस्थापन गरेको क्वारेन्टाइनमा नै राखेर उज्यालोको चाड तिहारमा हामी मनमा अध्यारो गर्र्दै सम्झाएका थियौं चाड त बर्षेनि आउछ भनेर । परिवारका हरेक सदस्यले दाजुको मनोवल बढ्देगरी साहक दिईरहदा कोरोना प्रतिको दाईको मनोबल यति बलियो भयो कि क्यारेन्टाईन समयमा समेत दाईले परिवारका सदस्यलाई कुनै पनि प्रकारको चिन्ताको महशुसिकरण हुन दिनु भएन । उहाँको पनि उच्च मनोवलका कारण केही समयमा नै कोरोनालाइ जितेर घर फर्किनु भएको थियो । मेरो परिवारमा नै घटेको यो घटनाले जसरी हामीले कोरोना प्रतिको डर त्रास र यसले पार्ने मनोबैज्ञानिक असरलाइ समेत बदलिएको थियो । संक्रमितको उच्च मनोबल नै ९० प्रतिशत रोगको निदान हो र रोग प्रति लड्ने क्षमताको उजागर गर्ने कुरा हो। त्यसैले नआतिनुस चाडै कोरोनालाइ तपाईंको मनोभावनाले परास्त पार्छ अनि जनजिवन सामान्य हुन्छ ।
विश्वासलाई यतिबेला कोभिड १९ अर्थात कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त बनाइरहेको छ । कोभिडको यो लहरले सामान्य मानिसको जनजिवनलाइ जति आक्रान्त बनाएको छ त्यो भन्दा बढी ठुला र सम्पन्न व्यक्तिको लागि झनै तनावपूर्ण वातावरणको सिर्जना गरेको छ । विश्वासलाई नै स्वास्थ्य क्षेत्रमा एउटा ठुलो चुनौति सिर्जना गरेको कोभिड भ्याक्सिनको उत्पादन भइसक्दा समेत नयाँ भाइरस सहितको अहिले देखा परेको कोभिड पोहोरको भन्दा खतरनाक र विषालु रहेको विज्ञहरूको अनुसन्धानले बताइरहदा जनमानसमा डर पैदा हुनु सामान्य छ । नेपालको छिमेकी देश भारतमा बढिरहेको कोभिड संक्रमितको दर र त्यहा भएको स्वास्थ्य सामाग्रीको अभाव जस्ता समाचारले झन नेपालीलाई यो भैहालेमा बाच्न सकिन्न भन्ने लाग्नु स्वभाविक पनि हो तर तपाई हाम्रो सावधानीले यसलाई परास्त गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा जसरी गत बर्ष कोभिडका संक्रमित संख्यामा अहिलेको संख्या दोब्बर भन्दा माथि छ र यो कोभिड नयाँ भेरियन्टको साथ देखापरेकोले तपाईं हाम्रो जति सावधानी र नेपाल सरकारले पालना गर्नुपर्ने भनिएको मापदण्ड पालना गर्न हामीले कुनै कमि गर्नुहुँदैन । दिनप्रतिदिन बढेको संक्रमण र मृत्युदर हेर्ने हो भनेपनि कोभिडमा नागरिकले कति सतर्कता र स्वास्थ मापदण्ड पालना गरिरहेका छन प्रष्ट हुन्छ । हिजो मात्रै ७ हजारमा भएको संक्रमण र ५० जनाको मृत्युको समाचारले अब हाम्रो सावधानी जति हुन्छ त्यति नै सुरक्षित हुन सकिन्छ भन्ने देखाउछ । नेपाल सरकारले अहिले जति सक्रियता देखाएको छ त्यो भन्दा बढी नागरिकले आफ्नो सुरक्षा आफै गर्न लाग्नुपर्ने देखिन्छ ।
अहिले सामाजिक सञ्जालमा कोभिडलाइ अतिरञ्जित पार्ने र अनावश्यक डर त्रास फैलाउने खालका फोटोहरु र मृत्यु भएका शबहरुको दर्दनाक फोटोहरु पोष्ट गर्ने र कोरोना संक्रमितलाई अत्याउने र मनोबल कमजोर बनाईरहेकोछ । हामी संक्रमित नभएकाहरुले बिरामीको मनोबल बढाउनका लागि उनिहरुलाइ सकारात्मक र मनोबल बढाउने खालको हौसला दिनुपर्ने आवश्यक छ । तपाईं कोभिड संक्रमित हुनुहुन्छ भने नआत्तिनुस आफ्नो शरिरलाइ माया गर्नुस कुनै पनि रोग जति जटिल हुन्छ त्यो भन्दा बलियो तपाईंको मन र उच्च मनोबल भएमा त्यसलाई गलाउछ । घरमा नै क्वारेन्टाइनमा हुनुहुन्छ भने तपाईंको परिवारलाई समेत चिन्तित नहुने गरि आफ्नो मनोबल उच्च राख्नुस । चिन्ताले चिताको बाटो पुर्याउछ भने झै कोभिड जति जटिल छ त्यो भन्दा बढि तपाईंको जीवन प्रतिको बाच्न गर्ने अभिलाषा र सकारात्मक सोच सहित परिवारलाई कोभिड केही हैन रैछ तर नियमित चिकित्सको सल्लाह अनुसार औषधि सेवन गर्न भने नछुटाउनुस । बिहान उठेर योग ध्यान व्याम गर्न नछुटाउनुस त्यसैगरि बिहानको १/२ घन्टा मज्जाले सुर्यको किरण छालामा पर्ने गरि घाँम ताप्नुस साथै मास्क सेनेटाइजरको प्रयोग नियमितरुपमा अनिवार्य गर्नुस ।

यतिबेला जति तपाईं घरको क्वारेन्टाइनमा शुरक्षित रहनुहुन्छ त्यति तपाई अस्पतालमा झनै गार्ड हुन्छ सकभर घरमा नै साधारण कोरोनाको लक्षण देखिँदा र लागेको प्रमाण भइ चिकित्सक को सल्लाह अनुरुप कहाँ बस्ने तय गर्नुस जबर्जस्ती हस्पिटलमा बस्दा मात्रै छिटो निको हुने भ्रमलाइ चिर्नुस यतिबेला डाक्टर नर्सहरु आप्नो ज्याभन्दा पनि तपाईंको ज्यान जोगाउन दिनरात खटिईरहनु भएको छ । यो अवस्थामा हामीले उनिहरुको मनोबललाई बढाउन हौसला र कृतज्ञता बढाउनुपर्छ ।

लेखक : बास वाग्मती प्रदेश संयोजक हुनुहुन्छ ।

 

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech