प्रजिअ गेलाल र एसपी रानाद्वारा स्थलगत अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज–जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राणाले संयुक्त रुपमा सीमानाकाको अनुगमन गरेका छन् । उनीहरुले नेपाल–भारत सीमानाका जमुनाहा र नेपालगन्ज भेरी अस्पतालमा निर्माण हुन लागेको अक्सिजन स्टोरेज ट्याङ्कको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनमा उनीहरुसँगै सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक नरेन्द्र गिरी रहेका थिए । जमुनाहाको अनुगमनका क्रममा उनीहरुले भारतबाट नेपाल आउने व्यक्तिलाई माक्स बितरण गर्नुका साथै नाकामा रहेको होल्डिङ सेन्टरको अनुगमसमेत गरेका थिए ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech