राप्तीसोनारी–६ मा अक्सिजनसहितको आइसोलेसन

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको सहिद स्मारक भवनमा १२ शैय्‍याको आइसोलेसन निर्माण गरिएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि संक्रमित वडावासीका लागि अक्सिजनसहितको आइसोलेन निर्माण गरिएको वडा अध्यक्ष जनकबहादुर थारुले बताए ।

आइसोलेसनको अनुगमन बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले गरेको वडा अध्यक्ष थारुले बताए ।

कोरोना भाइरसबाट बच्न   अनावश्यक रुपमा भिडभाड नगर्न,  घर बाहिर निस्कनै पर्ने भए सामाजिक दूरी कायम राख्न, न्युनतम स्वास्थ्य मापदण्ड पालना गरी निशेधाज्ञाको पूर्ण रुपमा पालना गर्न वडावासीलाई आग्रह गरेका छन् । त्यति प्रक्रिया अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरसको संक्रमण भइहाले नआत्तिन र विचलित नभई आफू वा स्वास्थ्यकर्मीलाई खबर गर्न सुझाएका छन् । आइसोलेसनमा दक्ष स्वास्थ्यकर्मी परिचालन भएकाले वडावासीलाई नआत्तिन आग्रह गरेका हुन् ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech