कोभिड अन्त्यका लागि नेपालगन्जमा दीप प्रज्ज्वलन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोनाको दोस्रो लहर नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएपछि बाँकेमा दीप प्रज्ज्वलन गरिएको छ। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना, बिरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सबै आम नेपालीको मनोबल बढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनका लागि पत्रकार एवम् अभियन्ता जयनारायण शाहले नेपालगन्जवासीलाई सार्वजनिक रुपमा आह्वान गरेका थिए । पत्रकार एवम् अभियन्ता शाहको आह्वान अनुरुप बिहीबार बेलुकी नेपालगन्जवासीले घरको मूलढोका, बरण्डा र बार्दलीमा दीप प्रज्वलन गरेका छन् । बिहीबार बेलुकी ७ बजेर ३० मिनेटदेखि ८ बजेसम्म आ–आफ्नो घरमा दीप प्रज्वलन गरेका हुन्।

महामारीको समयमा सबै नेपाली एकजुट हुनुपर्छ र भएका छौं भन्ने सन्देश दिन दीप प्रज्वलन गरिएको शाहले बताए ।

त्यस्तै बुधबार पनि शाहकै अग्रसरतामा बाँकेका विभिन्न धर्मका धर्मगुरुले आ–आफ्ना धार्मिक स्थलमा एकै समयमा पूजापाठ गरेका थिए। धर्मगुरुले बुधबार बेलुकी ४ बजेर ३० मिनेटदेखि ५ बजेसम्म विशेष पूजापाठ गरेका थिए ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech