सेती अस्पतालमा सेनाको आकस्मिक कक्ष

असल शासन प्रतिनिधि

धनगढी / कोरोना सक्रमितहरुको सख्या दिनानुदिन बढ्दै गएपनि त्यसको ब्यवस्थापनका लागि नेपाली सेनाले कैलालीको धनगढीमा आकस्मिक कक्ष सञ्चानल गर्ने भएको छ ।
सुदुरपश्चिमको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीले भरीभराउ भएपछि नेपाली सेनाले अस्पतालको प्रांगणमा अस्थायी रुपमा चार ओटा टेन्ट जडान गरि उपचार शुरु गर्ने तयारी थालेको हो । अस्पतालको आकस्मिक कक्षमा रहेका सबै १९ बेड भरिएपछि अस्पतालले कोभिडका शंकास्पद विरामीको उपचार अस्पतालको प्रांगणमा समेत गर्दै आएको छ । अस्पतालमा आउने विरामीको उपचार सहजताका लागि नेपाली सेनाले टेन्ट जडान गरेको अस्पतालले जनाएको छ । यसरी सेनाले जडान गरेको टेन्टमा सेनाले आफ्नै स्वास्थ्यकर्मी खटाएर उपचार गर्ने बताईएको छ । हाल अस्पतालले कोरोना सक्रमणको लक्षण भएका र रिपोर्टको पर्खाईमा रहेका विरामीहरुको उपचार आकस्मिक कक्षमा गर्दै आएको छ भने कोभिड पोेजेटिभ रिपोर्ट आए पछि बिरामीहरुलाई कोभिड १९ अस्पतालमा सिफ्ट गरि उपचार गर्दै आएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech