बासको आयोजनामा पाँच दिने उद्घोषण तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले पाँच दिने उद्घोषण तालिमको शुरुवात गरेको छ ।
युवाहरुको क्षमता अभिबृद्धी गर्ने, प्रभावकारि रुपमा बोल्ने कलाको विकास गर्ने र लकडाउन समयको सदुपयोग गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । आज तालिम उद्घाटनको दिन तालिमको कार्यतालिका, बिषयबस्तु र सहभागिहरुको अपेक्षा संकलन गरिएको छ ।

बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको उद्घाटन सत्रमा बासका निर्देशक हेमराज भट्टले स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । तालिमको कार्यतालिका र उद्घोषणको पृष्ठभुमिका बिषयमा बासका निर्वतमान अध्यक्ष मन भण्डारीेले जानकारी गराएका थिए भने कार्यक्रममा बासका कार्यवाहक कोषाध्यक्ष दिला शाह र कृष्ण बहादुर रोकायाले तालिममा शुभकामना मन्तब्य राखेका थिए । उद्घाटन सत्रमा सहभागि सरिता गिरी, रिमा पौडेल, ज्ञानु खड्का, ईब्राहिम खान लगायतले अपेक्षा मन्तब्य राखेका थिए । कोरोना सक्रमणका कारण तालिम जुमको माध्यमबाट सञ्चालन हुनेछ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech