आज राष्ट्रिय पत्रकारिता दिवसः चार जना संचारकर्मी पुरस्कृत

असल शासन प्रतिनिधि

काठमाडौं/ आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस । नेपालमा आज कै दिनबाट गोरखापत्र प्रकाशन शुरु भएको थियो । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। विक्रम सम्वत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो ।

 

यसैबिच राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोे छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहेका छन ।

उनिहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त समयमा सम्मान गरिने मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिए ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech