एकै पटकमा ९ शिशु जन्म दिने हालिमा सिस्सेल

असल शासन प्रतिनिधि

एकै पटकमा ९ वटा शिशुको जन्म दिएपछि अफ्रिकी मुलुक मालीकी हालिस्मा सिस्सेलको चर्चा चुलिएको छ ।

मोरक्कोको एक क्लिनिकमा पच्चीस वर्षीया सिस्सेले सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी हुन ।

गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।

कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । सबै नौ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् ।

जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ । तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन् ।

धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech