सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले बनायो २५ शैयाको अस्पताल

असल शासन प्रतिनिधि

सुर्खेत /कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको कोभिड–१९ अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड–१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिएका छन ।

प्रदेश अस्पतालमा समेत संक्रमितको उपचारका लागि बेड अभाव भएपछि नगरपालिकाले अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको हो ।

हालका लागि दुईजना डाक्टर र एउटा एम्बुलेन्स व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत नगरले निःशुल्क उपलब्ध गराउनेछ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech