चिकित्सक माथि हातपात गर्नेलाइ कारबाहीको माग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोभिड वार्डमा मृत्यु भएका विरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जमा कार्यरत एक चिकित्सक माथि दुव्र्यवहार गरेको खबर सार्वजनिक भएको छ ।

शुक्रवार विहान साढे ८ बजेतिर अपरिचित तिन चार जनाको समुहमा आएका व्यत्तिहरुले कोभिड वार्डमा मृत्यु भएको बिरामी किन हेर्न नआएको भन्दै इमरजेन्सी विभागमा कार्यरत हेल्थ असिस्टेन्ट भुपेन्द्र शाहीलाई हातपात गरेको भेरी अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

उत्त घटनाको निष्पक्ष रुपमा छानबिन गरी दोषि माथि कडा कारबाही गर्नुपर्ने भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

विगत केही समय यता बाँके जिल्ला कोभिड —१९ संक्रमणको दोश्रो लहरबाट अत्याधिक प्रभावित भएपछि दैनिक रुपमा जटिल लक्षण सहितका संक्रमितहरु उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन ।

यस अवस्थामा उच्च मनोबल बनाई कार्य गर्न आवश्यक बातावरण प्रदान गरिदिुपर्नेमा त्यसको ठिक बिपरित कर्मचारीहरु माथि दुव्र्यवहार गर्ने कार्यले दुःखी बनाएको अस्पतालका मेसु डाक्टर प्रकाश थापाले बताए ।

उनले दोषि उपर कारबाही गरी काम गर्ने बातावरण सहज बनाउन माग गरेका छन ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech