आज विश्व रेडक्रस दिवस

असल शासन प्रतिनिधि

नेपालगन्ज/आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइएको छ ।
नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।

उनको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहरुमा मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको छ ।

रेडक्रस १९२ भन्दा धेरै देशहरुमा रहेको छ । नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो । ७७ वटै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।

स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कामहरु विद्यार्थी, युवा स्वयम्सेवी, शिक्षक, समुदायका व्यक्तिलगायतले गर्दै आएका छन् । १९९० साल, २०४५ साल र २०७२ सालमा भूकम्पको मार खेपेको नेपालमा रेडक्रसले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको थियो ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech