जुम्लामा देशकै ठुलो फुजि स्याउ बगैँचा निर्माण गरिदै

असल शासन प्रतिनिधि

 

जुम्ला / जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउ बगैँचा स्थापना गरिएको छ ।
गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारीको करिब ८ करोड व्यक्तिगत लगानीमा देशकै नमुना र ठुलो स्याउ बगैँचा निर्माण भएको हो ।

जुन बगैँचाको शुक्रवार कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारम्भ भएको घोषणा गरे ।

बगैँचा निर्माणका लागि ८७ जना स्थानीयबाट लिजमा लिइएको एक लाख ५० हजार बर्गमिटरमा फैलिएको नमुना बगैँचामा एकैसाथ शुक्रवार ३० हजार फुजि स्याउका बिरुवा रोपिएको छ ।

८ करोड लगानीमा पूर्वाधार सहितको सुविधा सम्पन्न प्राविधिक जनशक्ति सहितको नमुना स्याउ बगैँचा निर्माण भएको छ ।
८७ जनाको १ लाख ५० हजार वर्ग मिटर जग्गा ३० वर्षका लागि लिजमा लिइएको छ ।
उक्त नमुना बगैँचाबाट कोरोना कहरकै बीच दैनिक करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्याउ बगैँचालाई एक गौरवको परियोजनाका रुपमा हेरिएको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech