अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

असल शासन प्रतिनिधि

वीरगन्ज/ वीरगन्जमा अक्सिोमिटरको कालोबजारी गर्ने एक व्यक्ति पक्राउ परेका छन ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलबाट बढी मूल्यमा मेडिकल उपकरण अक्सो मिटर तोकेको मूल्यभन्दा बढीमा विक्री गरेर उपभोक्तालाई ठगी गरेको भेटिएपछि उनलाई प्रहीले पक्राउ गरेको हो ।

१९ सय रुपैयाँ मूल्य पर्ने अक्सोमिटरलाई ३५ सयभन्दा बढी मूल्यमा बिक्री गरेर कालोबजारी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले १२ थान अक्सिमिटरसहित तिवारीलाई नियन्त्रणमा लिएको हो ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech