सिलिण्डर खोज्दै नेपालगञ्जका मेयर

असल शासन प्रतिनिधि

नेपालगञ्ज/  नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जका मेयर डा. धवलशम्शेर राणा सिलिण्डर खोजीमा लागेका छन् ।

अस्पताल बाहेक अन्य काममा प्रयोग भएका सिलिण्डर डा. राणाको पहलमा आईसोलेसन केन्द्र सम्म पुगेको छ ।

अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नेपालगन्जका मेयर राणाले शनिबार विहान औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा केन्द्रमा बुझाएका छन् ।

मेयर राणाका स्वकीय सचिव विरेन्द्र रावतका अनुसार शनिबार चारवटा सिलिण्डर आईसोलेसनमा जम्मा गरिएको छ । यो अभियान निरन्तर रहने रावतले बताए ।

नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर ४ र ह्वाईटहाउसमा आईसोलेसन सञ्चालन गरिरहेको छ ।

 

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech