कोरोना बाट राप्तीसोनारी ६ का वडासदस्य कसेराको निधन

असल शासन प्रतिनिधि

बाँके/ कोरोनबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार निधन भएको छ ।

४९ बर्षिय कसेराको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

वडासदस्य कसेरा विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

उनलाई सुगर र प्रेसरको समस्या रहेको पारिवारिक श्रोतले बताएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech