कोहलपुरमा उपचार सहज हुने

असल शासन प्रतिनिधि

कोहलपुर/ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि अब सहज हुने भएको छ ।

आईतबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेपछि उपचारमा सहज हुने भएको हो ।

बिरगन्ज नाका हुँदै उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै केहि दिन पहिलेदेखि अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो ।

अब त्यो अवस्थाको अन्त्य भएको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech