लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

असल शासन प्रतिनिधि

 

रुपन्देही / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि उक्त प्रस्ताव अलपत्र परेको थियो ।

राजीनामापछि बहुमत दलका आधारमा पुनः पोखरेल नै मुख्यमन्त्री नियुक्त हुनुभई मन्त्रिपरिषद् समेत बिस्तार भइसकेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech