गजल

सीता बिस्वकर्मा (शितल)

चलिरहेको छ कोराना महामारी के गर्ने हो
थेग्न नसक्किनु भए समस्याको भारी के गर्ने हो

हिजो घरखेत धितो राखी छोरा प्रदेश गयो
मिलेको छैन भन्छ काम रोजगारी के गर्ने हो

धेरै ठाउँमा अक्सिजन नपाई मर्दै छन बिरामी
बस्छ सरकार कथा नाटकमा उतारी के गर्ने हो

सन्चो हुन्छु भन्दै सरकारी अस्पताल लिएको श्रीमती
चेकजाँच नहुदै मरिन बिचरी एक्लै पारी के गर्ने हो

आफ्नो स्वास्थको आफै ख्याल सकेसम्म
हेर्नुहोस भनिन्छ मृत्युलाई टर्दैन टारी के गर्ने

– सानिभेरी गाँउपालिका पश्चिम् रुकुम

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech