एसईई र कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय

असल शासन प्रतिनिधि

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई र कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डको सोमबार बसेको भर्चुअल बैठकले कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नहुने भन्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्टिय परिक्षा वोर्डले जनाएको छ । यसैगरी बैठकले १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बुझाउनुपर्ने निर्णय गरेको छ । बोर्ड सदस्यहरुबाट आएको सुझावको आधारमा परीक्षा मोडल सार्वजनिक गर्ने निर्णय भएको छ । यसअघि एसईई परिक्षा जेठ १३ गते देखि र कक्षा १२ को परिक्षा जेठ २६ गतेबाट गर्ने कार्य तालिका सार्वजनिक भएको थियो ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech