निषेधाज्ञा र कोरोना महामारीमा पनि भन्सार छली !

असल शासन प्रतिनिधि

नेपालगन्ज– निषेधाज्ञा र कोरोना महामारीका बेला पनि नेपालगन्जमा भारत हुने चोरी निकासी रोकिएको छैन । निषेधाज्ञा एवम् कोरोना महामारीका बेला भारतबाट चोरी पैठारी गरेर नेपाल ल्याई बेवारिसे अवस्थामा छोडिएका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रनि डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले बुधबार साँझ रानी तलाउ सब्जी मण्डी नजिकैबाट उक्त सामग्री बरामद गरेको हो ।

बरामद सामग्री नेपालमा प्रतिबन्धित पेयपदार्थ माउन्टेन ड्यु ६२ बोतल, रियल जुस ५ कार्टुन, पास्ता २० केजी, सुपर पावर सुर्ती ७०० पोका, बिडी ९६ पोका, चिनी ५० केजी, प्रिमियम धुप ४५ प्याकेट, कमला पसन्द ४९ पोका रहेको छ ।

त्यस्तै डबल ब्लयाक पान मसला ७० पोका, स्विट सुपारी १२० पोका, सिक्का हिंग पान मसाला ३६ डब्बा, अचार १० डिब्बा रहेको प्रनि डिल्लीबहादुर खड्काले जनाए । बरामद सामग्री अन्दाजी एक लाख अठहत्तर हजार पाँच सय चालिस रुपैयाँ बराबरको रहेको बताइएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech