कोभिड बिरामीहरुलाई अण्डा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ द्धन्द्धपिडित तथा एकल महिला सञ्जाल बाँकेले भेरी अस्पतालमा उपचारत कोभिड बिरामीहरुलाई अण्डा वितरण गरिरहेको छ ।

सञ्जालले दैनिक २ सय ५० वटा अण्डा वितरण गरिरहेको सञ्जालका बाँके अध्यक्ष जयन्ती केसीले बताइन ।

उनले अस्पताल परिसर भित्र खाना खुवाउन बनाइएको स्थलमा एकजना कर्मचारी राखेर व्यवस्थित तरिकाले अण्डा वितरण गर्ने काम भइरहको उनले बताइन ।

अस्पतालमा आइसोलेसनमा बसेका २ सय ५० जना बिरामीहरुको स्वास्थ्यमा सुधार होस भन्ने उदेश्यले सञ्जालले शनिवारदेखि अण्डा वितरणको कामलाई सुरु गरेको हो ।

शनिवार सुरुवात गरिएको कार्यक्रममा सञ्जालका केन्द्रिय उपाध्यक्ष शोभा विसी ,नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा र गैर सरकारी संस्था महासंघ बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सेना लगायतको उपस्थिति रहेको थियो ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech