सांसद गहतराजद्वारा अक्सिजन सिलिन्डरका लागि ३० लाख विनियोजन

असल शासन प्रतिनिधि

बाँके / सङ्घीय सांसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका तीन वटा स्थानीय तहलाई अक्सिजन सिलिन्डर खरिदका लागि ३० लाख रकम उपलब्ध गराउने घोषणा गरेका छन ।

कोरोना महामारीको चपेटमा परेको बाँकेवासीको सुविधाका लागि सांसद अथकले ३० लाख रकम छुट्टाउने बताएका छन ।
बाँके निर्वाचन क्षेत्र नं–१ बाट निर्वाचित सांसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाउँपालिकालाई अक्सिजन खरिदका लागि ३० लाख रकम उपलब्ध गराउन लागेका हुन ।

सांसद अथकका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाउँपालिकालाई १० लाख र राप्तीसोनारी गाउँपालिकालाई ५ लाख रकम विनियोजन गरिएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन सिलिन्डर खरिदका लागि ३० लाख रकम छुट्ट्याइएको सुनारले जानकारी दिएका छन ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech