७० केजी गाँजा बरामद

असल शासन प्रतिनिधि

वीरगन्ज / पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरबाट प्रहरीले ७० किलो ग्राम भन्दा बढी अवैध लागु औषध गाँजा बरामद गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर निवासी सोती कलवारले घरबाट अवैध रुपमा गाँजाको कारोबार गरिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले घरमा छापा मार्दा ७० केजी ४८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

कलवार आफु सुत्ने कोठाको खाटमुनि ८ प्याकेट, ४ वटा बाल्टिनभित्र ८ थान गरी जम्मा १६ वटा पोकाभित्र लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको खनालले बताए ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech