पूण्यतिथीमा पूर्ण अपांगता भएका व्यक्तिलाई नगद सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १३ औं बार्षिक पूण्यतिथीमा बासले एकजना पूर्ण अपांगता भएका सुनिता बुढालाई नगद सहयोग गरेको छ ।
बासद्वारा नेपालगन्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा सुनिता बुढाको संरक्षण गरिरहेका नेपालगन्ज १८ बस्ने बसन्ती शर्मालाई नगद पाँच हजार सहयोग हस्तान्तरण गरिएको हो ।

शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

कर्णाली प्रदेशको डोल्पा घर भई हाल बर्दियाको गुलरिया बस्दै आएकी १८ बर्षिया लक्ष्मी बुढा पूर्ण अपांगता भएका व्यत्ति हुन् । आमा र दाई सँग बसिरहेकी उनको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनको रेखदेख तथा सम्पूर्ण खर्च बसन्ती शर्माले ब्यहोर्दै आएकी छिन् ।

बुढाको परिवारलाई खाद्यान्न तथा लत्ताकपडामा सहयोग पुगोस भन्ने उद्धेश्यले गरिएको चेक बासका अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, महासचिब शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह र निर्देशक हेमराज भट्टले हस्तान्तरण गरेका थिए ।

बासका कार्यकारी निर्देशक तथा स्व. रुक्मीणी शाहका दाजु नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो ।

आज नै शाहको १३ औं बार्षिक पूण्यतिथीमा बासले नेपालगन्ज स्थित निल सागर सेवाश्रमलाई ५० किलो नुन सहयोग गरेको छ ।

बासले पुण्य निथि र जन्मदिनमा रुक्मिणी स्मृति अक्षय कोष मार्फत विपन्न, गरिब तथा बृद्धाश्रमलाई सहयोग गर्ने लगायतका मानविय कार्य गर्दै आएको छ ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech