विरामी भेट्न नगर प्रमुख राणा अस्पताल र आईसोलेसनमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिएका छन ।

सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा पुग्नुभएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिएका हुन ।

नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन सेन्टरको स्थलगत अनूगमन गरे ।

सो क्रममा नष्र प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग छलफल गरे ।

नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताए ।

उनले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गरे ।

 

 

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech