५ लाख ८५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण

कोभिड प्रतिकार्यका लागि बास नेपाल, Nepalese American Chamber Of Commerce-Dallas TX US र गैसस महासँघ बाँके शाखाले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड प्रतिकार्यका लागि बास नेपाल, गैसस महासँघ बाँके शाखा र नेप्लिज अमेरीकन च्याम्बर अफ कमर्स (Nepalese American Chamber Of Commerce-Dallas TX US) ले संयुक्त रुपमा बैशाख २८ गते डिसिसिएमसिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
डिसिसिएमसी बाँकेका संयोजक, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ५ लाख ८५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । यसरी हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २० हजार थान मास्क, ५ हजार ग्लोब्स, १ सय वटा स्यानिटाईजर, १ सय २५ सेट पिपिई र ५० वटा अक्सिमिटर रहेका छन् ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलाललाई सहयोग विवरण सहितको पत्र हस्तान्तरण बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । यसैगरी अक्सिमिटर हस्तान्तरण Nepalese American Chamber Of Commerce-Dallas TX US  का प्रतिनिधि अनु वली, पिपिई हस्तान्तरण गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, मास्क र सेनिटाईजर हस्तान्तरण बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए ।
सामाग्री ग्रहण पश्चात प्रमुख जिल्ला अधिकारी गेलालले स्वास्थ्य सामाग्री सहयोग गर्ने संस्थाहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech