मनकारी कर्मचारी दम्पतीले गरे ५० पेटी मिनरल वाटर सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अस्पताल तथा आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीका लागि नेपालगन्जका निजामती कर्मचारी दम्पतीले पिउने पानी सहयोग गरेका छन् । भेरी अस्पताल तथा बाल मन्दिर र ह्वाईट हाउस आइसोलेसनमा उपचाररत बिरामी र उनका कुरुवाका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथ टोलका कर्मचारी दम्पती गोविन्द प्रसाद पाण्डे र रमा पन्तले ५० पेटी मिनरल वाटर पानी नेपालगन्ज वाटर बैंकमार्फत सहयोग गरेका हुन् ।

पाण्डे जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख र उनकी धर्मपत्नी रमा अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख हुन् । दम्पतीले कोरोना महांमारीको विषम परिस्थितिमा आइसोलेसन निर्माण, अक्सिजन व्यवस्थापन, बिरामीलाई परार्मश र स्वास्थ्यकर्मीलाई सहयोग गर्न अन्य दातालाई पनि आग्रह गरेका छन् । आफ्नो परोपकारका लागि यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कामलाई आगामी दिनमा पनि निरन्तरता दिने पाण्डे दम्पत्तीको भनाइ छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech