दुई संस्थाद्वारा स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ विश्वव्यापी महामारीको रुपमा फैलिरहेको दोस्रो लहर कोरोना भाइरसको कारण सृजित अवस्थालाई मध्यनजर गर्दे गैर सरकारी संघ संस्थाहरुले सहयोगी हातहरु अगाडि बढाएका छन ।

सहयोग अभियान अन्र्तगत मंगलबार गैर सरकारी संस्था महासंघ बाँकेको समन्वयमा मिलाप र सर्वाङ्गिण विकास समाज संस्थाले ६३ हजार ९ सय रुपैया बराबरको सामाग्री  जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई बुझाएको गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले बताए ।

संकटका बेला गैर सरकारी संघ सस्थाहरु सहयोगको अभियानमा जुटेकाले अन्य संघ संस्थाहरुलाई पनि सक्दो सहयोग गर्न अध्यक्ष शाहले आग्रह गरेका छन ।

 

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech